प्रशिक्षक प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न
१६ श्रावण २०७९
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजना र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा दिगो विकास लक्ष्यमैत्री मध्यमकालीन खर्च संरचना सम्बन्धी केन्द्रिय स्तरको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । मिति २०७९ श्रावण १४ र १५ गते ललितपुर स्थित होटल भ्यू भृकुटीमा ४० जना अधिकृत स्तरका कर्मचारीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिइएको थियो । उक्त कार्यक्रममा अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्रतिष्ठानका कर्मचारीहरुको सहभागीता रहेको कार्यक्रम यस प्रतिष्ठानका कार्यकारी निर्देशक श्री कुमार प्रसाद दहालले शुभारम्भ गर्नु भएको थियो । उक्त कार्यक्रममा सचिव श्री सुरेश अधिकारी र संयुक्त राष्ट्र संघ विकास कार्यक्रमका आवासीय प्रतिनिधि आयाशानी लावेले संयुक्त रुपमा दिगो विकास लक्ष्यमैत्री मध्यमकालीन खर्च संरचना सम्बन्धी दुइओटा श्रोतपुस्तक समेत अनावरण गर्नु भएको थियो ।
Phone : (+977) 01-5422004 (+977) 01-5421051
Email : ldta.org.np@gmail.com
Fax : (+977) 01-5421521
© २०२४ स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान
डिजाइनर : मल्टिटेक