स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको स्थापना एक स्वायत्त संस्थाको रूपमा २०५० असोज ४ गते भएको हो । स्थानीय तहको प्रशासकीय एवम् व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन, २०४९ अन्तर्गत यसको स्थापना भएको हो । प्रतिष्ठानको काम, कर्तव्य र जिम्मेवारी प्रतिष्ठान ऐन, २०४९ र यस सम्बन्धी नियमावलीमा उल्लेख गरिएको छ । विक्रम सम्वत्२००९ सालमा नेपालमा पहिलो पटक संस्थागत रूपमा ग्रामीण विकासका लागि शुरू गरिएको त्रिभुवन ग्राम विकास कार्यक्रमदेखि नै स्थानीयस्तरमा क्षमता विकासका कार्यहरूप्रतिष्ठानले सञ्चालन गर्दैआएको छ । प्रतिष्ठानलेविभिन्न कालखण्डमा स्थानीय तहको क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
जनआन्दोलन पहिलो (२०४६) र दोस्रो (२०६२–०६३) ले ल्याएको युगान्तकारी परिवर्तन पश्चात् स्थानीय तहको क्षमता विकाससम्बन्धी बढ्दो आवश्यकता तथा मागलाई सम्बोधन गर्न प्रयासरत यस प्रतिष्ठानले आफ्नो क्षमता रकार्यक्षेत्रसमेत विस्तार गर्दैगएको छ । बदलिंदो राष्ट्रिय परिस्थितिले ल्याएको चुनौतीको सामना गर्दै उपलब्ध अवसरहरूबाट फाइदा उठाउन प्रतिष्ठानले आफ्नो क्षमतालाई अद्यावधिक गर्दैगएको छ र अल्पकालीन तथा दीर्घकालीन योजनाहरूको माध्यमबाट स्थानीय तहको मानवीय स्रोत विकासमा योगदान पु¥याइरहेको छ। स्थानीय विकासको व्यापक क्षेत्र तथा स्थानीय तहको बढ्दोसङ्ख्यालाई दृष्टिगत गर्दा प्रतिष्ठानको दायित्व गहन छ तथा क्षमता विकासको क्षेत्रमा अझ धेरै कार्यहरू गर्नुपर्ने खाँचो छ । यस विषयलाई हृदयङ्गम गरी प्रतिष्ठानले नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वएवम् सहकार्यलाई पहिलो प्राथमिकता दिंदै स्वदेशी तथा वैदेशिक साझेदारहरूको समेत सहयोग लिंंदै आफ्नो चुलिंंदै गएको दायित्वलाई सफलतापूर्वक सम्पन्न गर्ने सोंच बनाएको छ ।
Phone : (+977) 01-5422004 (+977) 01-5421051
Email : ldta.org.np@gmail.com
Fax : (+977) 01-5421521
© २०२४ स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान
डिजाइनर : मल्टिटेक