स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन, २०४९ को दफा ७ बमोजिम प्रतिष्ठानको सर्वोच्च निकायकोरूपमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान परिषद् रहने व्यवस्था छ । परिषद्कोसंरचना निम्नानुसार रहेको छ ः
(क) संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री वा राज्यमन्त्री – अध्यक्ष
(ख) संङ्घीय मामिला तथा सामान्य प्रशासन सहायक मन्त्री – उपाध्यक्ष
(ग) राष्ट्रिय योजना आयोगका सदस्य (सङ्घीय मामिला हेर्ने) – सदस्य
(घ) सचिव, अर्थ मन्त्रालय – सदस्य
(ङ) सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय – सदस्य
(च) सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय – सदस्य
(छ) सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय – सदस्य
(ज) कार्यकारी निर्देशक, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान – सदस्य–सचिव
नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी परिषद्का सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ भने परिषद्ले आवश्यक देखेमा स्वदेशी तथा विदेशी विशेषज्ञहरूलाई परिषद्को बैठकमा पर्यवेक्षकका रूपमा भाग लिन आमन्त्रण गर्नसक्ने कानूनी प्रावधानसमेत रहेको छ ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानकाे संगठन संरचना हेर्नका लागि तलकाे लिङ्क क्लिक गर्नुहाेस् ।
https://drive.google.com/file/d/1rhgCyhCt_IDsFtKT4YO9b-U6e78LVrNH/view?usp=sharing
Phone : (+977) 01-5422004 (+977) 01-5421051
Email : ldta.org.np@gmail.com
Fax : (+977) 01-5421521
© २०२४ स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान
डिजाइनर : मल्टिटेक